नेपालसहित विश्वका २२ देशका समलिंगी तेश्रोलिंगी काठमाडौंमा भेला भएका छन् ।
शुक्रवारदेखि शुरु हुने एशिया प्रशान्त क्षेत्र स्तरीय सम्मेलनमा सहभाभगी हुन चीन, भारत, बंगलादेश लगायत २२ देशका समलिंगी तेश्रोलिंगी काठमाडौंमा आएका हुन् ।
यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायमाथि हुने हिंसा तथा विभेद सम्बन्धि प्रस्ताव कार्यान्वयन गर्ने विषयमा छलफल गर्न शुक्रवारदेखि काठमाडौंमा क्षेत्रीय सम्मेलन शुरु हुँदैछ ।
महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको आयोजनामा हुने सम्मेलनमा प्रस्ताव कार्यान्यनका बारेमा छलफल गरि आगामी अप्रिलमा नर्वेको ओस्लोमा हुने विश्व सम्मेलनमा पेश गरिने मन्त्रालयले जनाएको छ ।