शिक्षण अस्पताल महाराजगंजका कार्यकारी निर्देशक डा. भगवान कोइरालाले पदबाट दिएको राजीनामा फिर्ता लिनुहुने भएको छ ।
अन्तरिम चुनावी मन्त्रीपरिषदले डा. कोइरालाले राजीनामा उलेख गरेका विषय कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएकाले कोइरालाले आफ्नो राजीनामा फिर्ता लिन लागेको श्रोतले जनाएको छ ।
त्रिवि शिक्षण अस्पतालकै कतिपय कर्मचारीको असहयोग लगायतका कारण देखाउँदै कोइरालाले राजीनामा दिनु भएको थियो । कोइरालाले राजीनामा गरे लगत्तै तत्कालिन प्रधानमन्त्री भट्टराईले पनि उहाँलाई राजीनामा फिर्ता लिन आग्रह गर्नुभएको थियो ।