राष्ट्रपति डा.रामवरण यादवले निर्वाचन आयोगमा नियुक्तिका लागि संवैधानिक परिषदले गरेको सिफारिसबारे स्पष्ट हुन परिषदलाई पत्रचार गर्नु भएको छ ।
परिषदले निर्वाचन आयोगको प्रमूख आयुक्तमा निलकण्ठ उप्रेती र आयुक्तहरुमा अयोधीप्रसाद यादव, दोलखबहादुर गुरुङ, इला शर्मा र रामभक्त पिवी ठाकुरलाई नियुक्तिका लागि सिफारिस गरेको थियो ।
राष्ट्रपति डा. रामवरण यादवले यसभन्दा अगाडि निर्वाचन आयोगमा रहेका उप्रेती, यादव र गुरुङको हकमा स्पष्ट हुन चाहेकाले संवैधानिक परिषद्मा पत्रचार गर्नु भएको हो ।
परिषदले सिफारिस गरेका प्रमूख आयुक्त र आयुक्तहरुको नियुक्तीको निर्णय प्रक्रियामै रहेको तर नियुक्तिको निर्णय गर्नुअघि राष्ट्रपति स्पष्ट हुन चाहेकाले परिषदलाई पत्रचार गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिनुभयो ।