२५ वर्षसम्म अर्घाखाँची कारागार सञ्चालनमा आएन

– वीरेन्द्र केसी



सन्धिखर्क, अर्घाखाँची । २५ वर्षसम्म सञ्चालनमा आउन नसकेपछि जिल्ला कारागार काम विहीनको भएको छ । संरक्षणको अभावमा भवन समेत जीर्ण भै भत्किन पुग्दा समेत कसैले चासो दिएको छैन । 

 


अर्घाखाँची कारागार भवन ।

 

२०४५ सालमा निर्माण भएको ठुलो क्षेत्रफलमा रहेको भवनका सबै कोठा र हल प्रयोगममा जीर्ण छन । कोठाहरु चर्किनुका साथै माकुराले जालो लगाएको छ । कारगार भित्रको हलमा काडा र घासले जेलेको छ । लाखौं रुपैया  खर्च गरेर निर्माण गरिएको भवन २५ वर्षसम्म सञ्चालनमा ल्याउन कसैले चासो दिएन ।



कार्यालय प्रमुख प्रकाश पौडेल जिल्ला प्रशासनमा काजमा खटिएका छन । महिनैपिच्छे ५ देखी १० जना कैदीलाई कपिलवस्तु पठाईने पौडेलले बताए । संरक्षण गरी सञ्चालन गर्न कसैले ध्यान दिदैन । कार्यालय सञ्चालन गर्ने कोठामा वर्षामा पनि चुहिन्छ, भवन जीर्ण नै छ । जिल्लाबाट सिडिओ र दलका नेताहरुले समेत १५ रोपनी क्षेत्रफलमा रहेको लाखौको रुपैयाको कारागार भवन नोक्सान हुँदा चासो दिएका छैनन् । 



चोरी डकैती, झै-झगडा, मापसे देखी ज्यान मारेका व्यक्तिलाई सम्म प्रक्राउपछि राख्ने ठाउँ छैन । प्रहरीको पक्राउपछि अनुसन्धान गर्न, बयान लिन र पूर्पक्षका लागि थुनामा राखेर मुद्धा नछिन्दासम्म जिल्ला बाहिर आउन जावत गर्न कठिनाई पर्ने गरेको छ । 



प्रमुख जिल्ला अधिकारी गोविन्दमणी भुर्तेलले गंभिर अपराधमा संलग्न व्यक्तिलाई कारागार सञ्चालनमा नआएकाले जिल्ला बाहिर आवत जावत गराउदा असुरक्षा र समस्या भएको बताए । यो समस्याबारे कारागार व्यवस्थापन विभागमा जानकारी गराएको बताए । 





Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





  

अन्य समाचारहरु