बिभेद हटाउन राज्यले अभियान संचालन गर्नुपर्छ

– कपिल ज्ञवाली
जातिय विभेदका विरुद्ध राजनितिक पार्टी,बौद्धिक जमात र राज्यले अभियाननै संचालन गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । नेपालका दलित समुदाय विभेदको मारमा परेको बताउदै यसका विरुद्ध सबै एकजुट भएर सामाजिक जागरणको अभियानमा जुट्नुपर्ने उनीहरुको भनाई छ ।४८ औं अन्तराष्ट्रिय जाती तथा रंगभेद उन्मूलन दिवसको सन्दर्भमा बिहिबार बुटवलमा आयोजित नेपालमा जातीय विभेद उन्मुलनका चुनौती र समाधानका उपायहरु बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले यस्तो धारणा ब्यक्त गरेका हुन् । 
सामाजिक संस्कार,धार्मिक मूल्य र मान्यताको नाममा जातीय छुवाछुत कायम रहेको भन्दै मानव समाजको लागि यस्तो कार्य लजास्जस्पद रहेको उनीहरुले तर्क गरे ।
दलित वर्ग उत्थान जिल्ला समन्वय समिति रुपन्देहीको आयोजना तथा जागरण मिडिया सेन्टर,दलित बर्ग उत्थान बुटवल नगर समन्वय समिति,जागरण मिडिया सेन्टर,दलित महिला संघ,महिला पैरवी मञ्च,नेपाल राष्ट्रिय दलित कल्याण संघ,समानताका लागि जागरण केन्द्र सहितका संघसंस्थाको सहआयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै रुपन्देहीका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालले कानुनी रुपमा जातिय भेदभाव र छुवाछुत दण्डित भएकाले कसैले पनि विभेद गरे प्रशाशन कारवाहीको दायरामा ल्याउन तयार रहेको बताउनुभयो । उहा