पेरुमा भारी वर्षापछि आएको बाढीका कारण जनजीवन अस्तव्यस्त

पेरुमा भारी वर्षापछि आएको बाढीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । बाढीले पेरुको हौरा प्रान्तमा सयौं घर डुबानमा परी हजारौं नागरिक घरवारविहिन बनेका अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।
नदीको बहावसँगै बाढी बस्तीमा पस्दा यातायात, बिजुली र टेलिफोन सेवा समेत अवरुद्ध हुँदा जनजीवन कष्टकर बनेको छ । केही दिनदेखिको लगातार वर्षापछि पेरुमा बाढी आएको हो । 
बाढी प्रभावितहरुका लागि उचित बासस्थानको व्यवस्था गर्नुका साथै राहत सामग्री पनि उपलब्ध गराइएको पेरु सरकारले जनाएको छ ।
AGENCIES