दोस्रो गाविसको रुपमा खनदह खुल्ला दिसा मुक्त क्षेत्र घोषणा, स्थानीय बासिन्दामा खुसियाली

– प्रेमनारायण आचार्य
खनदह, अर्घाखाँची  । अर्घाखाँचीको खनदह गाविस जिल्लाको  दोस्रो खुल्ला दिसा मुक्त क्षेत्र घोषणा भएको छ । प्रमुख जिल्ला अधिकारी गोविन्द मणि भुर्तेलले एक औपाचारिक कार्यक्रमका बिच गाविसलाई खुल्ला दिसा मुक्त गाविस घोषणा गर्नु भएको हो ।
 


दोस्रो खुल्ला दिसा मुक्त क्षेत्र घोषणा सभामा सहभागी अतिथिहरु ।
 


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोबिन्दमणि भुर्तेलले सरसफाइको क्षेत्रमा खनदह बासीले एक फड्को मारेको उल्लेख गर्दै यस कार्यलाइ निरनतरता प्रदान गर्न आग्रह गर्नु भयो । उहाले सुरक्षित चर्पीको प्रयोग संगै साबुन पानीले पनि हात धुदा  अधिकांस सरुवा रोगबाट बच्न सकिने पनि उल्लेख गर्नु भयो ।
जिल्लाकै दोस्रो गाविस बन्न सफल भएकोमा खनादहका स्थानीय बासिन्दाहरु पञ्चेबाजा बजाएर छमछमती नाचेका थिए  । उनीहरुले स्थानीय नाच, भजन, लगायत गित तथा नृत्य समेत प्रस्तुत गरेका थिए । स्थानीय क्लब , आमा समुह, सहकारी , सामुदायकि बन र बिद्यालयहरुले छुटाछुटै र्याली बनाएर कार्यक्रम स्थाल खनदहको आदर्श उच्च माबिको प्रांगाणमा प्रबेस गरेका थिए । कार्यक्रममा उपस्थित भएका खानदह बासीहरु खुसीले गदगद भएका थिए ।
बाजागाजा र गाविसका अधिकांश महिला समूहहरु उत्साहजक रुपमा नाराजुलुशका साथ कार्यक्रममा उपस्थित भएका थिए । कार्यक्रममा उपस्थित बालक देखि बृद्धा सम्म सबैले अब सधै चर्पीमा मात्र दिसा पिसाव गर्ने, चर्पी सधै सफा राख्ने, बाहिर कहिल्यै फोहोर नगर्ने, सधै साबुनपानी मात्र हातधुने लगायतका सामूहिक प्रतिवद्धता व्यक्त गरेका थिए ।
 
दोस्रो खुल्ला दिसा मुक्त क्षेत्र घोषणा सभामा निकालिएको र्याली र पञ्चेबाजाका साथ नाचिरहेका स्थानीय बासिन्दा र सहभागिहरु ।
                            
कार्यक्रममा जिल्ला खानेपानी तथा सरससफाई डिभिजन कार्यालयका प्रमुख राजेनद्र न्यौपाने जिल्ला विकास समितिका कार्यक्रम अधिकृत हरिशचन्द्र भुसाल जिल्ला स्वास्थय कार्यालयका लिला गौतम, एकिकृत नेकपा माओवादीका ठाकुर कुमार वि.क एमालेका वालकृष्ण आचार्य जनार्दन खनाल, पूर्ण सरसफाई अभियानका प्रमनारायण गैरे, रेडक्रसका सभापति शम्भु पोख्रल गाविस सचिव हकहित संरक्षण केन्द्रका चन्द्रप्रसाद वन्जाडे, पत्रकार महासंघका सचिव प्रेमनारायण आचार्य, आदर्श उच्च माबिका विद्यालय व्यवस्थापन समितिका जीवन वहादुर चौहान, ईश्वरी खनाल, डिआर खनाल, विष्णुवहादुर खनाल, प्रकास खनाल, दिपा पोख्रेल कमल खनाल, हरि थापा, गोकर्ण चौहान, अमृता खनाल लगायतले मन्तव्य राखेका थिए ।
 कार्यक्रम गाविस स्तरीय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिका अध्यक्ष तथा गाविस सचिव कमलवहादुर चौहानको अध्यक्षता, यमलाल खनालको स्वागत मन्तव्य र भेषराज खनालको सञ्चालनमा सम्पन्न भएको हो । खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएको खुसियालीमा स्थानीय बासिन्दाहरु पञ्चेबाजा बजाएर छमछमती नाचेका छन ।
 


दोस्रो खुल्ला दिसा मुक्त क्षेत्र घोषणा सभामा स्थानीय बासिन्दा र सहभागिहरु ।
 


हाम्रो गौरब हाम्रो स्वाभिमान खुल्ला दिसामुक्त अर्घाखाँची हाम्रो अभियान भन्ने मूल नाराका साथ सन् २०१४ सम्म अर्घाखाँची जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्न जिल्लाका प्रत्येक गाविसमा खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको गठन गरिएको छ ।  खुल्ला दिसा मुक्त तथा सरसफाइ प्रबद्र्धन अभियान अन्तर्गत नेस्ट नेपाल र सिसेक  अर्घाखाँची , इकार्डस नेपाल र प्राग अर्घाखाँचीको सहजिकरणमा टोल, वस्ती, वाड र गाविस हुँदै जिल्लालाई नैं खुल्ला दिसामुक्त घोषणा गर्ने लक्ष्य लिइएको छ ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

  

अन्य समाचारहरु