सिरियाली बिद्रोहीहरुले सिरियाको ठूलो शहर दारामा रहेको हवाई सुरक्षासम्बन्धी सैनिक अखडा कब्जा गरेका छन् । करीब १६ घण्टाको संघर्षपछि सो शिविर बिद्रोहीको कब्जामा गएको हो ।
मानव अधिकारबादी संस्थाका अनुसार सो संघर्षमा कम्तीमा ३५ जनाको ज्यान गएको छ ।
सिरियाको दक्षिणी भूभागमा रहेको दारा प्रान्त विगतदेखि नै सिरियाली बिद्रोहीहरुको प्रभाव रहेको क्षेत्र हो । सो अखडाले हवाई उडानसम्बन्धी सुरक्षा हेर्ने गरेको थियोे ।
सो क्षेत्रमा सिरियाली सेनाले विद्रोही विरुद्ध हवाई आक्रमण तीब्र पारेको थियो । बिद्रोहीहरुको कब्जामा आउने बितिकै सो अखडामा रहेका सयौं बन्दीहरुलाई बिद्रोहीले भगाउनुका साथै सो शिविरमा रहेको हतियार पनि नियन्त्रणमा लिएका छन् । सिरियामा सरकार बिरोधी प्रदर्शनमा ७० हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।
-Agencies