इस्लामावाद । पाकिस्तानको उत्तरी वजिरिस्तानमा आत्मघाती आक्रमणकारीले सैन्य चेक पोष्टमा गरेको आक्रमणमा परी १७ सैनिक मारिएका छन् । रातको समयमा भएको आक्रमणमा ३४ जना सैनिक घाईते भएका छन् ।
आक्रमणकारीले विष्फोटक पदार्थले भरिएको कारलाई सेनाको इन्धन ट्यांकमा ठोक्काएर विष्फोट गराएको थियो । विष्फोटका कारण सैनिकहरुको निवास पनि ध्वस्त भएको बताइएको छ ।