एमाओवादीका प्रवक्ता अग्नीप्रसाद सापकोटाले नेकपा माओवादीको पक्षामा जनमत नभएकाले उसले चाहेर पनि निर्वाचन नरोकिने दाबी गरेका छन । ‘अब यहाँ कसैले पनि संविधानसभाको चुनाव रोक्न सक्दैन ।
जसले चुनाव विथोल्न चाहन्छ, उनीहरुविरुध्द नै जनता प्रतिकारमा उत्रन्छन् । चुनावका विरोधी पनि आफै समाप्त हुन्छन्’, राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने,’चुनाव हुन दिन्नौं भन्ने र चुनाव भाँड्न चाहने प्रतिगामी हुन् । उनीहरुले केही पनि गर्न सक्दैनन् ।’
उनले असारको ४ गतेभित्रै संविधानसभाको निर्वाचन हुनुपर्नेमा आफू दृढ रहेको बताएका छन् । उनले भने, ‘संविधानसभाको चुनाव ४०-४५ दिनमै निर्वाचन सम्पन्न गर्न सकिन्छ । तर, हामीसँग झण्डै ८०-८५ दिन बाँकी छ । त्यसैले अब सबै पार्टी संविधानसभा निर्वाचनको लागि तयार हुनुपर्छ ।