होली महोत्सबले ततायो सन्धिखर्क

– प्रेमनारायण आचार्य



अर्घाखाँचीको सन्धिखर्कमा भएको होली महोत्सबले सन्धिखर्कको माहोल तताएको छ । होली महोत्सब हेर्न आएका र्सबसाधारणहरु होली गितमा छमछमती नाचेका छन ।

 

Photo8

 

होलीको अबसरमा बाजा गाजाका साथ गाइने होली गित बिस्तारै लोप हुन थालेको भन्दै संस्कृति संरक्षण मञ्च अर्घाखाँचीले सन्धिखर्कको शान्ती बगैचामा होली महोत्सबको आयोजना गरेको मञ्चका अध्यक्ष जनार्दन खनालले बताउनु भयो ।



मित्रता, आत्मीयता, सामीप्य र सद्भाव दर्शाउने होली पर्बको अबसरमा राखिएको होली महोत्सबमा खन, खनदह र सन्धिखर्क ५ तुमकोटका स्रस्टा तथा कलाकारहरुले होली सम्बन्धि गित गाएर तथा नाचेर र्सबसाधारणको मन जितेका थिए ।

 

होली गित दुइ समुहमा आमन्न्ने सामन्ने भएर गाइन्छ भने बजा बजाउनेहरु अन्य नाच्ने कलाकार संग बिचमा छमछमी नाच्ने गर्दछन । होली गितमा राम लिला , कृष्ण लिला र शिब भजन पनि गाइने होली गित गाउने कलाकार खनका गौरीसंकर खनालले बताउनु भयो ।

 

मित्रता, आत्मीयता, सामीप्य र सद्भाव दर्शाउन साथीसङ्गी, आफन्तजनसँग मुख्यगरी रङ्ग तथा अबीर लगाउने प्रचलन पनि होलमिा रहेको छ ।

 

पछिल्लो समय बेलुनमा रङ्ग भरेर लोला हान्ने प्रचलन पनि बढ्दै गएको छ । दैत्यराज हिरण्यकशिपुले विष्णुभक्तिबाट विजलित पार्न नसकेपछि आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले ब्रहृमाबाट आगोले छुन नसक्ने वरदान पाएकी बहिनी होलिकालाई दन्किरहेको आगोमा छोरा प्रहृलादसहित पस्न लगाउँदा होलिका भसम भएकी र भक्त प्रहृलाद भने आगोबाट सकुशल निस्केको प्रसङ्ग पुराणमा उल्लेख छ ।



यसैको सम्झनास्वरुप शक्तिको दुरुपयोग गर्ने पाप प्रवृत्तिकी प्रतीक होलिका मारिएको उपलक्ष्यमा होलिकादहन भनी चीरदाह गरेर आपसमा रङ्ग, अबीर दलेर खुसीयाली मनाई होली खेल्ने परम्पराको थालनी भएको मानिन्छ ।





Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





  

अन्य समाचारहरु