ठुलापोखरामा सुतेर पढाउने शिक्षक सम्मानित

– वीरेन्द्र केसी 



विद्यालयको कक्षाकोठा भित्र विस्तारामा सुतेर पढाउदै आएका शिक्षक सम्मानित भएका छन । झण्डै १० किलो तौल भएका अपाङग शिक्षकले ४२ वर्षे देखी कखरा चिनाउने काम गरेको भन्दै सम्मानित भएका हुन ।

 

Photo8

 

जिल्लाको ठुलापोखरा स्थित भगवती निमाविमा पढाउदै आएका कृष्णप्रसाद पौडेललाई रोजगारको लागि इजरायलमा संगठित नेपालीहरुको सहयोग अभियान २०१२ इजरायल मार्फत नगद ३५ हजार रुपैया सहित प्रमाणपत्र र दोसल्ला ओडाएर अभियानका सदस्य चिरञ्जीवी पाण्डेले सम्मान गरे ।



५९ बर्षिय पौडेलले घर नजिकैको खुला चौरमा गाउंलेलाई कखरा चिनाउन शुरु गरेका थिए । चौरबाट कक्षा शुरु गरेका उनले आफुले स्थापना भएको निमाविमा अहिलेपनि विस्तारामै सुतेर कखरा सिकाउदै आएका छन । 



हातखुटा नचल्ले शरिर डल्लो जस्तो देखिने पौडेलको तौल १० किलो छ । शैक्षिक क्षेत्रमा पौडेलले महत्वपूर्ण योगदान पुर्याएकाले उच्च मुल्याकंन गर्दै सम्मान र गरिएको पाण्डेको भनाई छ । 



पौडेलको बारेमा समाचार प्रकाशित भएपछि आर्थिक सहयोग जुटेको हो  । यस अघि जरा फाउण्डेशनका अध्यक्ष एवं वरिष्ठ साहित्यकार कृष्ण पर्छाईले नगद २१ हजार रुपैया र प्रमाणपत्र दिएर सम्मान गरेका थिए । नेपालमै पौडेल जस्तो शिक्षक अरु नभएकोले सम्मानले सम्मान गरेको दावी गरेका छन ।



यति मोटो रकम उनले पहिलो पटक हातमा समातेका हुन । यति धेरै रकमबाट सम्मानित भएपछि उनले सरकारले मुल्याकंन नगरेपछि आफुले कखरा सिकाएका चेलाले विदेशमा गएको कमाएको पैसाले सम्मान गर्दा सबैभन्दा खुसी लागेको सुनाए ।





Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





  

अन्य समाचारहरु