नुवाकोट । नुवाकोटमा नेकपा-माओवादीका कार्यकर्ताले निर्वाचन आयोगको सामग्री लुटेका छन् । निर्वाचन आयोगको कार्यालय नुवाकोटबाट चतुराले गाउँ विकास समितिमा खटिएको फोटो सहितको मतदाता नामावली संकलक टोलीको समान लुटिएको हो ।
हिजोबाट सुरु भएको मतदाता नामावली संकलनका लागि चतुराले पुगेका संकलक टोलीसँग भएको ल्यापटप लगायतका सामग्री गएराति लुटिएको निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ । नुवाकोटमा पनि गएको फागुन २७ बाट सुरु भएको नामावली संकलन चैत मसान्तभित्र सकाउने लक्ष्य राखिएको थियो । एउटा गाविसमा तीन दिनसम्म बस्ने टोलीले नुवाकोटमा फोटोसहितको मतदाता नामावली बनाउन छुटेका ३२ हजार नागरिकलाई समेट्ने लक्ष्य लिइएको छ ।
पर्वतमा पनि नेकपा