काठमाडौ – उच्च स्तरीय राजनीतिक समितिले निर्वाचनको मिति तत्काल तोक्न सरकारसंग आग्रह गरेको छ । निर्वाचन मिति र निर्वाचनका लागि अन्य काममा सघाउन उच्च स्तरीय समिति तयार रहेको जनाएको छ ।
नयाँ बानेश्वरस्थित सेना समायोजन विशेष समितिको सचिवालयमा बसेको समिति बैठकले निर्वाचनको मिति तोक्न वा अन्य के कस्तो सहयोग चाहिन्छ त्यस विषयमा मन्त्रिपरिषद्का अध्यक्ष र निर्वाचन आयोगसंग परामर्श गर्ने निष्कर्ष निकालेको एमाले उपाध्यक्ष बामदेव गौतमले बताए ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल संयोजक रहेको समितिले निर्वाचनका लागि अहिलेसम्म भएको तयारी बारेपनि सरकार र आयोगसंग छलफल गर्ने भएको छ ।
चार दलीय उक्त समितिले नेकपा-माओवादी र मधेसी जनअधिकार फोरमसंग वार्ता गर्ने निर्णय समेत गरेको छ ।
RSS