अर्घाखाँचीमा बौलाहा कुकुरको बिगबिगी

– प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची  जिल्लाको धारापानी गाविस वाड नं ६ रातामाटामा      वौलाह कुकुरले घरमापालेका पसुचौपायलाइ टोक्न थाले पछि त्यस क्षेत्रका वासीन्दाहरु त्रसित भ्एका छन । 
   विगत केहि दिनयता  वौलाह कुकुरहरु गाउमा आई मान्छे र पशुचौपायाहरुलाई टोक्न थाले पछि स्थानीहरु त्रसित भएका हुन । कुकुरले धारापानी गाविस वाड नं ६ रातामाटाका   ९ वर्षका वालक विजय घर्तीमगर, २५ वर्षिय ईश्वरा भुसाल स्थानिय लोकमणि भुसालको  लैनो भौसी, विष्णु भुसालको पाडो, नारायण प्रसाद भुसालको पाडी र चिन्तामणि भुसालको गाई लाई टोके पछि स्थानिय चिन्तित वन्दै गएका  छन् । 
   जिल्ला पशु सेवा कार्यालयका डा नारायण घिमिरेले कुकुरले टोकीसकेका पशु चौपायाहरुलाई उपचार गर्न नसकिने भन्दै अरुलाई  जोगाउनका लागि छिटो भन्दा छिटो रेविज विरुद्धको भ्याक्सीन एन्टी रेवीज भ्याक्सीन लगाउनु पर्ने बताउनुभयो ।  
   जिल्ला पशु शेवा कार्यालयका प्रमुख  अमूत कुमार मास्केले लगायतको टालीले त्यस  क्षेत्रको स्थलगत अनुगमन गरेर स्थानिय बासिन्दालाई कुकुरले टोके पसुचौपायलाई छुटैठउमा राखी त्यसठाउमा मानिस नजिक नजान गाग्रह  समेत गरेका छन् ।  
 केहिदिन यता अर्घाखाँचीको धारापानी, नरपानी,  सन्धिखर्क   बिभिन्न ठाउँमा रेबिजलागेका लागेका कुकुरले मनिस र पसुचौपायलाई  टोक्न थाले पछि स्थानीहरु त्रसित भएका छन् । 
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु