– शोभाखर पन्थी
नेकपा माओवादी मगरातले पाल्पाको ठिमुरेमा आफ्नो पाटीका पर्ुवनिर्वाचित सभासद समेत ३जना नेता तथा कार्यकर्तालाई प्रहरीले कुटपिट गरेको भन्दै गम्भिर आपत्ती जनाएको छ ।
माओवादी मगरात राज्यकार् इन्चार्ज सन्तोष बुढामगर र सेक्रेटरी बावुराम नेपाली द्धारा जारी गरिएको प्रेश वक्तव्यमा फोटो सहितको मतदाता नामावली दर्ताको लागी गएको निर्वाचन टोली संग शान्तीपुर्वक छलफल भईरहेको समयमा एकाएक प्रहरीले हस्तक्षेप गरी पाल्पा जिल्लाको क्षेत्र न.२ बाट निर्वाचित पुर्व सभासद लिला सोमै,माओवादी मगरात राज्य समितिका सदस्य तथा अनेरास्ववियु क्रान्तीकारी पाल्पाका अध्यक्ष आशिष दुधराज ,माओवादी जिल्ला कमिटी सदस्य रिजन थापा लगायतलाई निर्घातरुपमा कुटपिट गरिएको भन्दै घटना प्रति घोर निन्दा एवंम भत्र्सना गरिएको छ ।
माओवादीले साम्राज्यवादी गुरु योजनामा गर्ने भनीएको चुनावी नौटङ्कीको कुनै औचित्य नभएको भन्दै जनईच्छा विपरित जवरजस्ती निर्वाचन प्रक्रिया अगाडी नबढाउन सरकारलाई आग्रह गरेको छ ।
साथै वक्तव्यमा बाग्लुङ्गमा तोडफोडको आरेपमा राज्य समिति सदस्य अनन्त के.सी लगायतका ३ जना आफ्ना कार्यकर्तालाई मुद्धा चलाउने षडयन्त्र भैरहेको भन्दै मुद्धा फिर्ता लिन सम्बन्धित पक्षलाई आग्रह गरिएको छ ।
वक्तव्यमा घाईतेहरुको स्वास्थ लाभको कामना गर्दै घाईतेहरुको औषधी उपचारको व्यवस्था गर्न र दोषी प्रहरीलाई कडा कारवाही गर्न माग गरिएको छ ।