असुरकोट गाबिस घर भित्रको धुवा रहित गाविस घोषणा

– प्रेमनारायण आचार्य



असुरकोट, अर्घाखाँची । अर्घाखाँचीको असुरकोट गाबिस घर भित्रको धुवा रहित गाविस घोषणा भएको छ । 



   गाबिसमा रहेका सबै ८ सय ६३ घर परिबारमा सुधारिएको चुलो निर्माण गरेर गाविसलाइ घरभित्रको धुवा रहित गाविस घोषणा गरिएको हो ।

 


 

कार्यक्रममा मन्तब्य राख्दै स्थानीय बिकास अधिकारी हेमराज भुसालले प्रतयेक घरमा सुधारिएको चुलो निर्माण गरि गाविसलाइ घर भित्रको धुवा रहित गाविस घोषणा गर्नाले सरसफाइको क्षेत्रमा गाविस एक खुडकिला अगाडी बढेको बताउनु भयो ।



उहाले सुधारिएको चुलोका प्रयोगले गृहिणीहरु स्वस्थ रहनकासाथै बनबिनास रोक्न पनि ठुलो सहयोग पुग्ने बताउदै वातावरणीय सरसफाइ र पर्यावरणीय संरक्षणमा पनि यो अभियानले महत्व पुर्ण भुमिाका निर्बाह गर्ने बताउनु भयो ।



    गृहिणीले परम्परागत चुलोमा खान पकाउदा दम, आखा दुख्ने, खोकी लाग्ने लगायतका रोगहरुको संक्रमण हुनाले ति रोगहरुबाट बचाउन घर घरमा सुधारिएको चुलो निर्माण गरेर गाबिसलाइ घर भित्रको धुवा रहित गाविस घोषणा गरिएको गाविस सचिब चन्द्र प्रसाद बनजाडेले बताउनु भयो । 

 


 

घरघरमा चुला निर्माण गर्नका लागि रेडा पाल्पाले प्राबिधिक सहयोग गरेको थियो । घोषणा सभामा प्रहरी नायब उपरिक्षक हिराबहादुर पाण्डे,  जिबिसका उर्जा इन्जिनीयर मनोज नेपाल, रेडा पाल्पाका इन्जिनीयर सुरेस भुसाल, जिल्ला संयोजक सुर्य केसी, लगायतले असुरकोट गाबिस घरभित्रको धुवा रहित गाबिस घोषणा हुन सफल भएकोमा धन्यबाद दिएका थिए ।

 





Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।







अन्य समाचारहरु