सरकारसँग वार्तामा नबस्ने वैद्यको घोषणा/रेग्मी सरकार विघटन गर्ने शर्तमा मात्रै वार्ता बस्छौ प्रवक्ता भुसाल

चार दल र सरकारले आन्दोलनरत नेकपा-माओवादीसँग वार्ता गर्ने छुट्टा छुट्टै निर्णय गरेका छन् । सरकारले तीन सदस्यीय वार्ता टोली नै गठन गरिसकेको छ । तर, खास वार्ता गर्नुपर्ने माओवादीका अध्यक्ष मोहन वैद्यचाँहि केही दिनयता निमोनियाका कारण बिरामी पर्नुभएको छ । 
केही दिनबाट ओछ्यानमा आराम गरिरहनुभएका वैद्यको स्वास्थ्यमा शनिबारदेखि सामान्य सुधार देखिएको हो ।