तराईका जिल्लाहरुमा भूमिगत गतिविधि गर्दै आएको जनतान्त्रिक तराई मधेश मुक्ति पार्टी समूहले हतियार बुझाए

बर्दिया । तराईका जिल्लाहरुमा भूमिगत गतिविधि गर्दै आएको जनतान्त्रिक तराई मधेश मुक्ति पार्टी भगत सिंह समूहले सरकारलाई हतियार बुझाएको छ । 
गतवर्ष फाल्गुन महिनामा सरकारसँग भएको सम्झौता अनुरुप पार्टीका वार्ताटोली संयोजक मनोज मण्डलले बर्दिया जिल्ला प्रशासन कार्यालयमा हतियार बुझाएका हुन् । 
उनीहरुले नलकटुवा वन्दुक ६ थान, सकेट बम ९ वटा, टाईमर घडी ३२ वटा, हाते वमको पिन ६ वटा, वारुद २ किलो, गोली १ थान र तार फ्युज ६ वटा बुझाएको प्रमुख जिल्ला अधिकारी ध्रुवराज जोशीले जानकारी दिए ।
पार्टीका तर्फबाट मनोज मण्डल लगायत वव्लु भन्ने सहवाज आलम खाँ (सिकन्दर), प्रल्हाद महरा (तुफान सिंह), साजन मुकेरी, उमेश कुमार अहिर (पवन सिंह) उपस्थित भएका थिए । 
जनचाहना अनुसार आफूहरु शान्ति प्रकृयामा आएको र चुनावमा भाग लिने वार्ता टोलीका संयोजक मण्डल जानकरी दिए । rss