– अनन्तप्रकाश सुवेदी
राजनैतिक दललाई असफल बनाएर वैदेशिक शक्ति केन्द्रले बनाएको अराजनैतिक सरकार चुनाव गराउन नभई फासिष्ट रुपमा माओवादी र नेपाली जनतालाई दमन गर्न बनेको बताउनुहुँदै त्यसको छिट्टै सुरु हुने विरोध र क्रान्तिको लागि तयार रहन नेकपा माओवादीका सचिव नेत्र विक्रम चन्द विप्लवले आग्रह गर्नुभयो ।
दक्षिण तामशालिंग राष्ट्रिय जनस्वयं सेवक नेपालको आयोजनामा चितवनको गंगा प्लाजामा सम्पन्न युवाहरुको प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागि सचिव विप्लवले सो कुरा बताउनुभएको हो । कार्यक्रममा नेकपा माओवादी तामशालिंकका इञ्चार्ज कुलबहादुर केसी सोनाम, सेक्रेटरी सुर्यप्रकाश सुवेदी पथिक, केन्द्रिय सदस्य द्वय अमृता थापामगर सन्ध्या तथा अनिल विरहि लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
दक्षिण ताम्शालिंगका हजार जना भन्दा बढी युवाहरुलाई सम्बोधन गर्नुहुदै सचिव विप्लवले नेपाली काँग्रेस र नेकपा एमाले सँग सँगै संसदवादी धारको भासमो एनेकपा माओवादी फस्न पुगेको बताउँनुहुँदै अबको नेपाली क्रान्तिको नेतृत्व गर्न हक र जिम्मेवारी स्वतः नेकपा माओवादीलाई आएको बताउँदै सोको लागि सम्पर्ुण्ा शक्ति लगाएको शान्तिपर्ुण्ा तरिकाले संर्घष्ामा उत्रने र कथित चुनाव लगायतको जनवादी व्यवस्थाका विरोधि क्रियाकलापको खारे जिगर्दै अघि बढ्ने बताउनुभयो ।
कार्यक्रम पश्चात सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा प्रतिगामि चुनावि सरकारले नेपाली क्रान्ति र जनयुद्धको मर्म बुझ्न नसक्ने र यो असंवैधानिक भएकाले यसको खारेजिको कुनै विकल्प नरहेको र सो सरकार सँग नेकपा माओवादी लगायत ३४ संर्घष्ारत दलहरुले वार्ता गर्ने कुनै पनि संभावना नरहेको स्पष्ट पार्नुभयो ।