– प्रेमनारायण आचार्य
राष्ट्रिय सतर्कता केन्द्रले अर्घाखाँचीका सरकारी कार्यलयको सोमवार छड्के अनुगमन गरेको छ ।छड्के जाँचमा २१ कर्मचारी बिना सूचना अनुपस्थित रहेको भेटिएका छन । ५ जनाले पोशाक लगाएका छैनन ।
सतर्कता केन्द्रका सचिब माधवप्रसाद रेग्मीको संयोजकत्वमा ५ सदस्यीय टोलीले अर्घाखाँचीका १५ कार्यालय अनुगमन गरेको थियो ।छड्के जाचमा कार्यलयको हाजिरी पुस्तिका हेर्दा १५ कार्यलयका २१ जना कर्मचारी बिना जानकारी कार्यलयमा अनुपस्थित रहेको पाइएको राष्ट्रिय सतर्कता केन्द्रका सचिव माधवप्रसाद रेग्मीले बताउनुभयो ।
छड्के जाँचमा जिल्ला बन कार्यालयका ४, जिल्ला हुलाक कार्यालयका ४, कोष तथा लेखा नियन्त्रक कार्यलयका ४, जिल्ला कृषि बिकास कार्यलयका २, नापी कार्यलयका २, जिल्ला प्रशासन कार्यलयका २, महिला तथा बालबालिका कार्यालयका २ र जिल्ला शिक्षा कार्यालयका १ गरि २१ जना कर्मचारी अनुपस्थित भेटिएका छन ।
त्यसै गरि जिल्ला शिक्षा कार्यालयका २, जिल्ला बन कार्यालयका २ र जिल्ला विकास समितिका १ जना कर्मचारीले कर्मचारीको पोशाक नलगाएको भेटिएको अनुगमन टोलीका सदस्य तथा राष्ट्रिय सतर्कता केन्द्रका उपसचिव कमलबहादुर थापाले बताउनुभयो ।
२१ जना अनुपस्थित कर्मचारी र ५ जना पोशाक नलगाउने कर्मचारीलाई नियम अनुसारको कारबाहीको प्रकृया अगाडी बढाइने सतर्कता केन्द्रका उपसचिव थापाले बताउनुभयो ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।