उत्तर कोरियाले सन् २००७ मा बन्द गरेको योङव्योङ आणविक रियाक्टर फेरि सञ्चालन गर्ने

उत्तर कोरियाले सन् २००७ मा बन्द गरेको योङव्योङ आणविक रियाक्टर फेरि सञ्चालन गर्ने जनाएको छ । उत्तर कोरियाली समाचार एजेन्सी के सी एन सी का अनुसार यसबाट मुलुकको आणविक शक्तिलाई गुणस्तरीय र परिमाणात्मक बनाउने छ ।
यसैबीच  उत्तर कोरियाले कोरियाली प्रायद्विपमा रहेका अमेरिकी सैन्य वेश क्याम्प र दक्षिण कोरियामा आक्रमण गर्ने धम्की दिइरहे पनि सैन्य गतिविधि बढेको संकेत भने नदेखिएको अमेरिकाले जनाएको छ । 
कोरियाली प्रायद्विपमा उत्तर कोरियाले युद्धक जहाज सोझ्याएर राखेको सम्बन्धमा अमेरिकाले यस्तो अनुमान लगाएको हो । कोरियन बन्दरगाहमा उत्तर कोरियाले मिसाइल ध्वस्त गर्ने प्रणाली राखेको सम्बन्धमा भने सूक्ष्म रुपमा अध्ययन गरिरहेको अमेरिकी अधिकारीहरुको भनाइ छ ।
AGENCIES