अर्घाखाँची जिल्ला प्रशासन कार्यालय घेराउ, सेबाग्राहीहरु मर्कामा

-प्रेमनारायण आचार्य



सन्धिखर्क, अर्घाखाँची। दोस्रो पटक हुन लागेको संविधानसभाको चुनावी प्रक्रियाको विरोध गर्दै आएका साना  दलहरुले आज जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीमा घेराउ गरेका छन् । 

 


 

दुइ घण्टा सम्म भएको घेराउका कारण प्रशासनको कामकाज ठप्प भएको छ । सेबाग्राहीहरु मर्कामा परेका छन ।

 


 

प्रमुख ४ राजनीतिक शक्तिले गरेको ११ बुँदे सहमति र अन्तरिम संविधानका २५ वटा धारामा गरिएको संसोधनप्रति असहमति जनाउँदै आएका साना दलहरुले विरोधस्वरुप आज जिल्ला प्रशासन कार्यलय घेराउ गरेको  नेकपा-माओवादीका जिल्ला सेक्रेटरी बाबुराम घिमिरेले बताउनु भयो ।

 


 

बिहान ९ बजे देखि ११ बजे सम्म प्रशासन कार्यलय घेराउ गरेका छन ।  ११ बुँदे सहमतिको खारेज र अन्तरिम संविधानका सच्याइएका २५ धारालाई फिर्ता नलिएसम्म आफूहरुको आन्दोलन जारी रहने नेकपा माओबादीका जिल्ला यन्चार्ज भेसराज भुसालले बताउनु भयो ।





Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।







अन्य समाचारहरु