पत्रकार महासंघ अर्घाखाँचीको अन्तरक्रिया कार्यक्रम: राष्ट्रिय स्वाधीनता गम्भीर संकटमा

– प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । नेपालको राष्ट्रिय स्वाधीनता गम्भीर संकटमा परेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले औल्याएका छन । 
  उनीहरुले राष्ट्रिय स्वाधीनताको लागि नेपालका सबै राजनितिक दल र तिनका नेताहरु राजनितिक स्वार्थ भन्दा माथी उठेर काम गर्नु पर्ने बताएका छन । 
  नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले नेपाली स्वाधीनता माथीको बैदेसिक हस्तक्षेप आशंका कि बास्तबिकता बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले नेपालका नेताहरु राष्ट्रियताको बिषयमा एकमत भएर अगाडी बढ्न नसकेका कारण नेपालको स्वाधीनता माथी बैदसिक हस्तक्षेप बढिरहेको बताएका छन । 
  कार्यक्रममा मन्तब्य राख्दै निमित्त प्रमुख जिल्ला अधिकारी भेसराज खनालले नेपाल रहे मात्र नेपाली रहने भएकाले राष्ट्रिय हितका लागि सबै नेपाली एक जुट भएर लाग्नु पर्ने बताउनु भयो । 
  कार्यक्रममा स्थानीय बिकास अधिकारी हेमराज भुसाल, एकिकृत नेकपा माओबादीका मगरात राज्य समिति सदस्य छमकुमारी थापा, नेपाली काग्रेसका जिल्ला कोषाध्यक्ष हरिबहादुर खड्का, नेकपा एमालेका जिल्ला सचिबालय सदस्य भोजबहादुर गन्धर्ब, नेकपा माओबादीका जिल्ला इन्चार्ज भेसराज भुसाल, राष्ट्रिय जनमोर्चाका बाबुराम पन्थी, राप्रपाका देबीबहादुर खड्का, राष्ट्रिय जनमुक्ति पाटीका इन्द्रबहादुर गेलांग, एकिकृत क्रान्तीकारीका डिलाराम पाण्डे, स्थानीय शान्ती समितिका संयोजक रामजीप्रसाद घिमिरे, रेडियो अर्घाखाँचीका अध्यक्ष बिष्णुप्रसाद खनाल मुस्कान, नेपाल बार एसोसिएसनका जगन्नाथ भुसाल, नागरिक समाजको तर्फबाट जनार्दन खनाल, कुलदीप भुसाल, के एल शर्मा लगायतले राष्ट्रिय स्वाधीनता गम्भरि संकटमा परेको बताउका छन । 
  कार्यक्रम नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष शोभाखर पन्थीको अध्यक्षता, सचिब प्रेमनारायण आचार्यको संचालन र उपाध्यक्ष हिमबहादुर जिसि लेकालीको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु