भारतको सर्वोच्च अदालतले इट्लीका राजदूतलाई भारत छोड्नबाट लगाउँदै आएको प्रतिबन्ध फुकुवा

भारतको सर्वोच्च अदालतले इट्लीका राजदूत ड्यानियल मान्सिनीलाई भारत छोड्नबाट लगाउँदै आएको प्रतिबन्ध फुकुवा गरेको छ । 

दुई जना भारतीय माझीको हत्या गरेको आरोप लागेका इट्लीका दुई नौसेनालाई भारत समक्ष बुझाउन रोमले अस्वीकार गरेपछि भारतीय अदालतले राजदूत मान्सिनीलाई भारत छाड्न नपाउने निर्णय गरेको थियो । 
गत फेब्रुअरीमा केरलामा दुई जना माझीको हत्या गरेको आरोप लागेका ती दुई इटालीका नौसैनिकलाई भारत फिर्ता आउने शर्तमा चुनावमा भोट हाल्न स्वदेश जान दिईएको थियो । नयाँ दिल्लीस्थित ईट्लीका राजदूत मान्सिनीले आफ्ना सैनिकहरु मतदानमा सहभागी भएर चार हप्ताभित्र भारत फर्कने विश्वास भारतीय अदालतलाई दिलाएका थिए । 
तर रोमले आफ्ना सैनिकलाई भारत पठाउन अस्वीकार गरेपछि दुई देशबीचको सम्बन्ध चिसिएको थियो । तर चर्को भारतीय दबाबपछि इट्लीले दुइ सैनिकलाई भारत समक्ष बुझाएको थियो ।
Agencies