पाकिस्तानमा लडाकुहरुले गरेको आक्रमणमा परी कम्तिमा सात जना मारिए

पाकिस्तानको पेशावरस्थित एक विद्युत गृहमा ठूलो समूहमा आएका लडाकुहरुले गरेको आक्रमणमा परी कम्तिमा सात जना मारिएका छन् । 

एक जना प्रहरी र विद्युत गृहका कर्मचारी घटनास्थलमै मारिएका हुन् भने १० जनालाई लडाकुहरुले लिएर गएको बताइएको छ । घटनास्थलबाट पछि पाँच वटा शव फेला परेको अधिकारीहरुले जनाएका छन् । 
बन्धक बनाइएकाहरुको अवस्था भने अज्ञात छ । आक्रमण कसले गरायो भन्नेबारे भने केही खुल्न सकेको छैन् ।
Agencies