राष्ट्रसंघका महासचिव मूनद्धारा उत्तर कोरिया भड्काउयुक्त प्रचारबाजीमा निकै अगाडि बढेको भन्दै गम्भीर परिणाम निस्कने चेतावनी

संयुक्त राष्ट्रसंघका महासचिव बान की मूनले उत्तर कोरिया भड्काउयुक्त प्रचारबाजीमा निकै अगाडि बढेको भन्दै आफ्नो शैली बदल्न आग्रह गरेका छन् । कोरिया प्रायद्वीपमा बढेको अवाञ्छित तनावप्रति आफू अत्यन्त चिन्तित रहेको भन्दै बानले यसबाट निकै गम्भीर परिणाम निस्कने चेतावनी पनि दिएका छन् । 
स्पेनको मड्रिडमा पत्रकार सम्मेलन गर्दै बानले परमाणु युद्धबारे उत्तर कोरियाले दिएको धम्की कुनै खेल नभएकाले निकै गम्भीर यस्ता विषयको बयानबाजीमा अगाडि नबढ्न उत्तरलाई सचेत गराएका हुन् । 
स्थितिलाई शान्त राख्न सबै पक्षलाई वार्तामा बस्न पनि उनले अपील समेत गरेका छन् । यसअघि उत्तरले अमेरिकाविरुद्ध परमाणु युद्ध गर्ने धम्की दोहो