असारमा चुनाव नभए मंसिरमा चुनाव घोषणा गर्ने अधिकार निर्वाचन आयोग र सरकारलाई नभएको एमाओवादी अध्यक्ष दाहालको भनाइ

– पोषनाथ अधिकारी 
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले असारमा संविधानसभा चुनावमा नभए मंसिरमा पनि नहुने दाबी गरेका छन् । 
असारमा चुनाव नभए मंसिरमा चुनाव घोषणा गर्ने अधिकार निर्वाचन आयोग र सरकारलाई नभएको उनको भनाइ छ ।
एमाओवादी विशेष ब्यूरोको आयोजनामा शनिबार धादिङको धोर्केबजारमा आयोजित सभालाई सम्बोधन गर्दै उनले असारमा चुनाव गर्न सहमति गर्ने दलहरु नै ‘अहिले चुनाव कसरी सम्पन्न हुन्छ’भन्दै हिँड्नु हास्यास्पद भएको बताए ।