नेपाल स्वास्थ्य कर्मीसंघ अर्घाखाँचीको छैठों जिल्ला अधिवेसन:एस.एल.सी. सुधार्न नयाँ रणनिती, कक्षा ८ को परीक्षा मिनी एस.एल.सी.को रुपमा

– शोभाखर पन्थी
एस.एल.सी. परीक्षाको नतिजामा सुधार ल्याउन जिल्ला शिक्षा कार्यालयले नयाँ रणनिती तयार गरी लागु गरेको छ । कार्यालयले कक्षा १० का विद्यार्थीहरुलाई लामो विदाको समयमा अतिरिक्त कक्षा संचालन गराउने, पिरीयड खाली राख्न नदिने, निरीक्षण अनुगमन प्रभावकारी बनाउने तल्लो कक्षा देखि नै परीक्षालाई व्यवस्थित गर्ने योजना बनाई कार्यान्वयन गरेको छ । कार्यालयले यस वर्षकक्षा ८ को परीक्षालाई मिनि एस.एल.सी. परीक्षाको रुपमा सम्पन्न गरेको छ । 
जिल्लाका ३४ स्थानमा परीक्षा केन्द्र स्थापना गरी, संचालित परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक र अनुगमन कर्ताको व्यवस्था समेत मिलाईएको थियो । कार्यालयले परीक्षाको उत्तरपुस्तिका परीक्षणमा एकरुपता ल्याई, यथार्थ नतिजा ल्याउन कार्यालय माताहत रहने गरी अगुवा श्रोतकेन्दमा उत्तरपुस्तिका परीक्षणको व्यवस्था मिलाएको छ । 
उत्तर पुस्तिका परीक्षणको लागि शिक्षकहरु सम्मिलित ५ सदस्यीय परीक्षा उप समिति बनाएर काम अगाडि बढाइएको जिल्ला शिक्षा अधिकारी मित्रमणि खनालले बताउनु भयो । खनालले चैत्र मसान्त सम्म उत्तर पुस्तिका परीक्षण गरी नतिजा प्रकाशित गर्ने तयारी भइरहको समेत बताउनु भयो । 
तल्लो कक्षामा धेरै विषय अनुर्तिण विद्यार्थीलाई माथिल्लो कक्षामा लैजादा एस.एल.सी. नतिजामा कमी आएको कार्यालयको भनाई छ । उहाँले परीक्षा र पठन पाठनलाई एकसाथ मिलाएर लैजानु पर्ने बताउनु भयो । जिल्लामा अहिले करीब १ सय जना निम्न माध्यमिक तहमा अध्यापन गराउने शिक्षक शिक्षिकाहरुले उत्तर पुस्तिका परीक्षण गरिरहेका छन्।
 
चार दलका शिर्षेताहरुले दलको बदनाम गरे- शास्त्री
पर्ूव मन्त्री ढुण्डीराज शास्त्रीले ४ दलका शिर्षनेताहरुका कारण दलहरु असफल सावित भएको बताउनु भएको छ । नेपाल स्वास्थ्य कर्मीसंघ  अर्घर्ााँचाीको छैठों जिल्ला अधिवेसनको सन्धिखर्कम्ाा उद्घाटन गर्दै उहाँले जनताको ठूलो त्याग ,संर्घष्ा र बलिदानबाट ल्याएको लोकतन्त्रलाई ४ दलका सिमित नेताहरुले न्ययाधीसको हातमा सुम्पिएर दलहरुलाई असफल बनाई एकदलियता लाद्न खोजेको बताउनु भयो । 
अघिल्लो संविधान सभाले समाधान गर्न नसकेका प्रमुख मुद्दाहरु समाधान नभए सम्म संविधान सभाको निर्वाचन गर्दैमा सस्याको समाधान हुन नसक्ने उहाँको भनाईछ । काँग्रेसका पर्ूव केन्द्री सदस्य समेत हनुभएका शास्त्रीले काँग्रेसले लोकतन्त्रको खिलापमा कसैसँग सम्झौतागर्नै नसक्ने तर्क राख्नु भयो । मुलुकमा भ्रष्टचार बढेको प्रति चिन्ता व्यक्त गर्दै शास्त्रीले सरकार संचालन गर्नेहरु भ्रष्टचारमा चर्ुर्लुम्म डुवेको आरोप लगाउनु भयो ।
नेपालमा संघीयताको कुरा उठाउने पहिलो व्यक्ति आफू भएको भन्दै, पर्ूव मन्त्री शास्त्रीले २०४६ साल पछि बनेका आफ्नो पार्टर्ीी प्रधानमन्त्रीहरुले आफूले उठाएको विषयलाई गंभीरता पर्ूवक नलिएको कारण पछिल्लो समयामा आओवादीले जातीय संघीयताका कुरा उठाएर जनतालाई दिग्भ्रमीत परोको गुनसो गर्दै उत्तर दक्षिण क्षेत्र मिलाएर बढीमा ५-६ वटा संघीय राज्य बनाउनु उपयुक्त हुने धारणा व्यक्त गर्नु भयो । 
स्वास्थ्य कर्मी संघका जिल्ला अध्यक्ष तारा प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति कमलप्रसाद भुसाल, जिल्ला सचिव बासुदेव आचार्य, स्वास्थ्य कर्मी संघका केन्द्रीय सदस्य नमनारायण बेल्बासे, ट्रेड युनियन काँग्रेसका जिल्ला अध्यक्ष गणेशबहादुर सिंह, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यामबहादुर बस्नेत, लुहेस्को नेपालका अध्यक्ष तिलक मिश्र, स्वास्थ्य कर्मी संघका पर्ूव अध्यक्ष जगन्नाथ भुसाल लगायतका बक्ताहरुले मन्त्ाव्य राख्दै , स्वास्थ्य क्षेत्रका समस्या समाधानको लागि सरकारको ध्यानाकर्षा गराउनु भएको थियो । 
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु