स्ववियु निर्वाचन आगामी जेठ १३ गते

– त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव आगामी जेठ १३ गतेका लागि तोकेको छ । त्रिवि कार्यकारी परिषद्को शनिबार बसेको बैठकले उक्त मिति घोषणा गरेको हो । शिक्षाध्यक्ष गुणनिधि न्यौपानेले शुक्रबार बसेको त्रिवि सभा बैठकले मिश्रति प्रणालीबाट स्ववियु निर्वाचन गराउने बाटो खोलेपछि मिति तय भएको बताएका छन् ।

प्रत्येक दुई वर्षमा हुनुपर्ने स्ववियु चुनाव ०६५ सालयता हुन सकेको छैन । मिश्रति प्रणालीमा अध्यक्ष, सचिव र कोषाध्यक्ष प्रत्यक्ष निर्वाचनबाट उपाध्यक्ष र सहसचिवको निर्वाचन स्ववियु पदाधिकारीबाट हुने तथा ५० प्रतिशत प्रत्यक्ष र ५० प्रतिशत समानुपातिक पद्धतिबाट कार्यसमिति चयन गरिने प्रावधान राखिएको छ ।

यसैबीच, स्ववियु निर्वाचन माग गर्दै नेपाल विद्यार्थी संघले थालेको आमरण अनशन तोडिएको छ । त्रिवि प्रशासनले निर्वाचनको मिति तोक्ने प्रतिबद्धता जनाएपछि शनिबार बिहान अनशन तोडिएको थियो ।
रा सस