जलविद्युत आयोजनामा अवरोध गरेको आरोपमा पाँच जना पक्राउ

पर्वत । निजी क्षेत्रले पर्वतको बाजुङ गाउँ विकास समितिमा निर्माण भईरहेको २० मेघावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत आयोजनामा अवरोध गरेको आरोपमा प्रहरीले आज पाँच जना स्थानीय युवालाई पक्राउ गरेको छ । 
पक्राउ पर्नेमा देउपुर गाविस वडा नम्बर ९ का राजेन्द्र हमाल, बाजुङ गाविस वडा नम्बर ७ का हेमन मल्ल, दुर्लुङ वडा नम्बर २ घर भै आम्बोटमा होटल व्यबसाय गर्ने सन्तोष गुरुङ, दुर्लुङ ९ कै राजकुमार गुरुङ र शिवालय गाविस वडा नम्बर ४ का दिपक गुरुङ छन् । 
आयोजनाको काममा अवरोध र आयोजना सञ्चालन नगर्न धम्की दिएका कारण उनीहरुलाई पक्राउ गरी सार्वजनिक अपराध ऐन अन्र्तगत मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
RSS