काठमाडौं । नेकपा एमालेले विगतमा पार्टी छाडेकालाई पार्टीमै फर्काउने अभियानस्वरुप विभिन्न दलमा आवद्ध पार्टीका पूर्व नेता तथा कार्यकर्ताहरुलाई घर फर्कन औपचारिक आह्वान गरेको छ ।
महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा पार्टी प्रवेशका लागि गठन गरेको कार्यदलको सुझावको आधारमा पार्टी मूख्यालय बल्खुमा आज पत्रकार सम्मेलन गरी एमालेका शीर्ष नेताहरुले पार्टी प्रवेश गर्नेहरुलाई योग्यता अनुसारको जिम्मेवारी दिने भन्दै संयुक्त रुपमा पार्टी प्रवेशका लागि आह्वान गरेका हुन् ।
केही दिन अघि मात्रै रामचन्द्र झा लगायतले एमाले छोडेकोतर्फ संकेत गर्दै उनीहरुले केही व्यक्तिले पार्टी छोड्दैमा कुनै फरक नपर्ने दावी गरे ।
शीर्ष नेताहरुले पत्रकार सम्मेलनमा विचार मिल्नेहरु चाँडै पार्टीमा प्रवेश गर्ने विश्वास पनि व्यक्त गरे ।
शाहीकालीन मन्त्री राधाकृष्ण मैनाली लगायत विगतमा एमाले छाडेर अन्य पार्टीमा गएका झण्डै ३ दर्जन नेताहरु एमालेमा फर्कने तयारीमा छन् ।
औपचारिक रुपमा आह्वान गरे आपूmहरु एमालेमा फर्कने वातावरण बन्ने उनीहरुले कार्यदलसँगको छलफलमा बताएका थिए ।
RSS