आगामी निर्वाचनमा आफ्नो पार्टीले दुई तिहाई मत ल्याउने एकीकृत माओवादीका पुष्पकमल दाहालका दाबी

बाग्लुङ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा आफ्नो पार्टीले दुई तिहाई मत ल्याउने दाबी गरेका छन् । 
एमाओवादीले बाग्लुङमा गरेको आमसभालाई सम्वोधन गर्दै दाहालले मधेशीहरुसँग मोर्चाबन्दी गरेर दुई तिहाई ल्याएर देखाईदिने बताए । 
सोही आमसभालाई सम्बोधन गर्दै एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराईले विपक्षी दलहरुले राष्ट्रपतिलाई उक्साएर आफ्नो सरकारलाई चुनाव गराउन नदिएको गुनासो गरे । 
आगामी मंसिरमा पनि चुनाव नभए जनतालाई सडकमा उतारेर निर्णायक आन्दोलन गर्ने भट्टराइको चेतावनी थियो । 
कार्यक्रममा पश्चिमाञ्चलका विभिन्न पहाडी जिल्लाका माओवादी कार्यकर्ताको सहभागिता थियो । RSS