-बाबु रोका मगर
असुरकोट-९,जोगिटारी, अर्घाखाँची
कुनै दिन पहिले पटक स्कुल जाँदा डर लाग्ने गर्थ्यौ
आज एक्लै पनि सारा संसार घुम्न सक्ने भइयो |
कुनै दिन सानो चोट लाग्दा पनि बेसरी रुने गर्थ्यौ
आज दिल टुट्दा पनि सम्हाल्न सक्ने भइयो |
पहिले प्रथम स्थान ल्याउनको लागि पढ्ने गर्थ्यौ
आज कामाउनको लागि पढ्ने भइयो |
पहिले हामी साथीको साहारामा बस्ने गर्थ्यौ
आज ति साथीहरुको याद मा बस्ने भइयो |
पहिले लडाईं झगडा थप्पड हिर्काउने सधैंको काम थियो
आज एक पटक झगडा गर्यौ भने नाता साईनो भुली दिन्छौ |
गरीब टाढा सम्म पैदल हिड्छ – खाना खान को लागि
धनी टाढा सम्म पैदाल हिड्छ – खाना पचाउन को लागि |
कुनै मान्छे सँग खान को लागि एउटा रोटी को टुक्रा हुँदैन
कुनै-कुनै मान्छे सँग रोटी खान को लागि समय हुँदैन |
कोही लाचार यसैको लागि बिमारी छन
कोही बिमारी यसैको लागि लाचार छन |
कोही आफ्नोहरुको लागि एक छाक छोडि दिन्छ
कोही एक छाक को लागि आफ्नोहरुलाई छोडि दिन्छ |
“यो दुनियाँ कती निराल छ कहिले समय मिल्यो भने अबश्य सोच्नु”
साच्चै जिन्दगी ले आज धेरै कुराहरु सिकाइ दियो
समयको पत्तै लागेन कहिले हामीलाई यती ठुलो बनाइदियो |
(समाप्त)