विश्वमा मृत्युदण्डको सजाय दिने राष्ट्रहरुमा चीन अग्रस्थानमा रहेको प्रतिवेदन सार्वजनिक भएको छ । मानव अधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलले सार्वजनिक गरेको प्रतिवेदनमा चीन मृत्युदण्ड दिने राष्ट्रको सूचीमा पहिलो स्थानमा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
चीनपछि वढी मृत्युदण्डको सजाय दिने राष्ट्रहरुमा क्रमश ईरान, इराक, साउदी अरब र अमेरिका छन् । तर, विगतका वर्षहरुको तुलनामा मृत्युदण्डको सजाय दिनेक्रममा कमी आएको पनि एम्नेष्टीले जनाएको छ ।
यद्यपी ईराकमा सन् २०१२ मा पछिल्लो वर्षको तुलनामा मृत्युदण्डको सजाय दिनेक्रम भने दुई गुणाले बढेको प्रतिवेदनले जनाएको छ ।
इराकमा सन् २०१३ मा २९ जनालाई मृत्युदण्डको सजाय दिईएको एम्नेष्टीले जनाएको छ ।
AGENCIES