बेलायतको लण्डनमा शुरु भएको विश्वका शक्तिशाली राष्ट्रहरुको संगठन जी एटको बैठकमा कोरियाली प्रायद्धिपमा चुलिएको संकटबारे गंभीर छलफल भएको छ । जी एटको सदस्य राष्ट्र जापानले उत्तर कोरिया विरुद्ध कडा प्रस्ताव पारित गर्नुपर्नेमा जोड दिएको छ । रुसी विदेशमन्त्री सर्गेई लाभारोभले उत्तर कोरियाको पछिल्ला गतिविधि विरुद्ध अमेरिकाको दृष्टिकोणबारे आफुहरुबीच मचभेद नरहेको बताउनु भएको छ । जी एटका विदेशमन्त्रीहरुको यस बैठकमा ईरानको आणविक कार्यक्रम, सिरिया संकट र द्धन्दकालीन समयमा हुने यौन हिंसाबारे पनि छलफल हुंदैछ ।