पोखरा । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले.छिटो भन्दा छिटो संविधान सभा निर्वाचनको मिति घोषणा गर्न सरकारसंग माग गर्नुभएको छ ।
उहांले निर्वाचनसम्वन्धी सवै ऐन कानून संशोधन गर्ने अध्यादेश तयार भईसकेकोले छिट्टै निर्वाचनको मिति घोषणा हुने आशा व्यक्त गर्नुभयो । क्रान्तिकारी पत्रकार संघ कास्कीले पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा वोल्दै उहाँले वैद्य पक्षले चुनावी प्रकृया अवरोध गर्दैमा संविधान सभाको निर्वाचन नरोकिने प्रष्ट पार्नुभयो ।
अध्यक्ष प्रचण्डले वैद्य पक्षको हैसियत सवैलाई अवगतै भएको भन्दै चुनावमा भाग नलिए जनताले नै उनीहरुलाई वडारेर फाल्ने चेतावनी दिनुभयो ।
– RSS