सिरियामा जारी हिंसामा आतंकबादी संजाल अलकायदाले त्यहाँको बिद्रोही गुटको साथ दिइरहेको अलकायदाले स्वीकारेको छ ।
सिरियाको जिहादी गुट अल नुस्रा फ्रन्टका नेताले अबु मोहमद अल जलवानीले अलकायदाका नेता अजमन अल जवाहिरीको आदेशमा सिरियाको बिद्रोही गुटको साथ दिइरहेको स्वीकारेको हो । यो संगठनले सिरियाको सरकारी कार्यालय लगाएतका ठाउँमा आत्माघाती आक्रमण गर्दै आएको पनि खुलासा गरेको छ । सिरियामा जारी हिंसामा रासायनिक हतियार प्रयोग भएको नभएकोबारे पश्चिमा राष्ट्रहरुमा बहस चलीरहेको बेला अल नुस्रा फ्रन्टले सिरियामा बिद्रोही गुटको साथ दिइरहेको खुलासा गरेको हो ।
अल नुस्रा फ्रन्टको यो स्वीकारोक्तीले पश्चिमा राष्ट्रहरुमा सिरियामा रासायनिक हतियारको प्रयोगका सम्बन्धमा फेरी हलचल मचेको छ । सिरियामा विगत दुईबर्षदेखि जारी हिंसा नियन्त्रण भन्दा बाहिर गएको छ भने दिनानुदिन सर्वसाधारण मारिने क्रम जारी छ ।
– Agencies