चुनावी सरकारको काम कारबाही र संविधानसभाको चुनावी तयारीबारे चार दलका शीर्ष नेताहरुबिच छलफल

चार दलका शीर्ष नेताहरुको बैठकमा चुनावी सरकारको काम कारबाही र संविधानसभाको चुनावी तयारीबारे छलफल भएको छ ।

 

चुनावी सरकारलाई सहयोग गर्न बनेको उच्चस्तरीय राजनीतिक समितिको बैठक नयां बानेश्वरमा बसेको हो। बैठकमा सरकारले ल्याएको पूर्ण बजेट र चुनावको मिति सिफारिसबारे छलफल भएको थियो। बैठकमा असन्तुगट साना दलहरुसंग गरिएको वार्ता प्रयासको समीक्षा र चुनावी वातावरण बनाउन खेल्नुपर्ने भुमिकाबारे पनि छलफल भएको थियो।

 

नेकपा माओवादीलगायतका साना ३३ दलले राष्ट्रपतिसंग मात्र वार्ता गर्ने भन्दै निर्वाचन आयोगले थालेको फोटोसहितको मतदाता नामावली संकलन कार्य अबरुद्ध पार्दै आएका छन् । यसैबीच आजै मन्त्रिपरिषद बैठक बसी चुनावी तयारीबारे छलफल गर्ने भएको छ ।

 

RSS