वैद्य र यादवलाई हात जोडेर चुनावमा ल्याउँने काँग्रेसका सभापति सुशील कोइरालाको भनाइ

रासस-काँग्रेसका सभापति सुशील कोइरालाले महासमिति बैठकले एकता, सद्भाव, मेलमिलापको सन्देशसहित पार्टीलाई चुनाव उन्मुख गराएको भन्दै निर्वाचनमा सङ्गठनको पक्षमा देशव्यापी लहर ल्याउन सबै नेता कार्यकर्तालाई सक्रियरुपमा खटाउने बताएका छन् ।
उनले मुलुकमा शान्ति, स्थायित्व, विकास र लोकतन्त्रको सुनिश्चितताका लागि चुनावको अनिवार्यता औँल्याउँदै काँग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुने र लोकतन्त्र कमजोर हुँदा राष्ट्र कमजोर हुने भएकाले निर्वाचनमा आफ्नो पार्टीले जित्नुपर्ने दाबी गरे ।
रिपोर्टर्स क्लब नेपालद्वारा आज कोइराला निवासमा आयोजित पत्रकार भेटघाटमा सभापति कोइरालाले चुनाव हुने कात्तिक मङ्सिरताका नै हो भन्दै सबै पार्टीलाई सहभागी गराएर निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नुपर्ने बताए ।
उनले अहिले चुनावको विपक्षमा देखिएका नेकपा