निर्दलीयताको सम्भावना नभए पनि ‘दलिय संयन्त्रमा बैद्यलाई समेटिने’ माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईको भनाइ

-मनोज बस्नेत
माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले चार दलको संयन्त्रमा नेकपा-माओवादी अध्यक्ष मोहन बैद्यलाई पनि समेटिने बताएका छन् । उनले दलीय संयन्त्रमा बैद्यलाई समेट्ने बारेमा छलफल भइरहेको बताए ।
आइतवार बनेपामा आयोजित कृषि बजार उद्घाटन गर्न आएको बेला  क्रान्तिकार पत्रकार संघले राखेको पत्रकार सम्मेलनमा उनले मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव चुनावमा सहभागी हुने ठोकुवा गरे ।
‘मोहन बैद्यले नेतृत्व गरेको नेकपा-माओवादीलाई प्रमुख ४ राजनैतिक शक्तिको संयन्त्रमा थपिनेछ’ उनले भने ‘उता उपेन्द्र यादव पनि निर्वाचनमा सहभागी हुनेछन् ।’ उनले वर्तमान सरकारले छिट्टै निर्वाचनको मिति घोषणा गर्नुपर्ने उल्लेख गरे । ‘ सके असारमै निर्वाचन गर्न गरेर मुलुकलाई निकास दिन सक्दा राम्रो,’ उनले भने  ‘तर, व्यवहारिक रुपमा त्यो कठिन देखिएकाले कात्तिकको अन्तिम सात्ता गरिनुपर्छ ।’
राससका अनुसार सोही कार्यक्रममा भट्टराईले मुलुकमा निर्दलीयताको कुनै सम्भावना नरहेको बताएका छन् ।
उनले  दलहरूको सहमतिमा बनेको वर्तमान सरकारले नै निर्वाचनको मिति छिट्टै घोषणा गर्ने बताए ।
दलहरूको सहमतिमा नै बाधा अड्काउ फुकाउ गरेर असार ७ मा नै निर्वाचन गर्ने दलहरूबीच सहमति भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका डा भट्टराईले विभिन्न बहानामा निर्वाचन टार्ने स्थिति आए त्यसले अस्थिरता र खतरा उत्पन्न हुने धारणा राखे ।
उपाध्यक्ष डा भट्टराईले व्यावहारिक हिसाबले पनि अब असारमा निर्वाचन हुन नसक्ने जनाउँदै संविधानसभाको दोस्रो निर्वाचन आगामी कात्तिकको अन्तिम सात गर्न सुझाव दिए ।