काठमाडौं । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले चार दलका कारण मुलुक फाँसीवादतर्फ उन्मुख भएको टिप्प्णी गरेका छन् । आज राजधानीमा परम्परागत आयुर्वेद स्वास्थ्यकर्मी संघले गरेको कार्यक्रममा अध्यक्ष वैद्यले चार दलले गलत ढंगले संविधान संशोधन गरेर लोकतन्त्र र संसदीय व्यवस्थाको खिल्ली उडाएको बताए ।
राजनीतिक गतिरोधको निकास सवै पार्टी बसेर सर्वपक्षीय गोलमेच सभामार्फत निकाल्नुपर्नेमा वैद्यले जोड दिए ।
चार दलले साना दललाई उपेक्षा गर्दै अघि बढे त्यसको सशक्त प्रतिकार गर्ने उनको चेतावनी थियो ।
रासस