काठमाडौं । भेनेजुएलामा समाजवादी नेता निकोलस माडुरो नयाँ राष्ट्रपति चुनिएका छन् । हिजो सम्पन्न राष्ट्रपतीय चुनावमा माडुरो झिनो मत अन्तरले विजयी भएका हुन् ।
निर्वाचनमा माडुरोले ५० दशमलव ७ प्रतिशत र उनका निकटतम प्रतिद्वन्द्वी हेन्रिक क्याप्रिल्स्ले ४९ दशमलब १ प्रतिशत मत प्राप्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
निर्वाचन आयोगले मत परिणामलाई अपरिवर्तनीय भने पनि विपक्षी नेता क्याप्रिल्सले भने परिणाम अस्वीकार गरेका छन् । विजयी भएपछि राजधानी काराकासमा आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै माडुरोले आफूले केवल कानूनी र संवैधानिक जीत हासिल गरेको बताए ।
६ वर्षे कार्यकालका लागि माडुरोले आगामी अप्रिल १९ मा शपथ लिने बताइएको छ । निर्वाचनमा १ करोड ९० लाख मतदाता रहेकोमा करिव ८० प्रतिशत मत खसेको थियो ।
गत मार्च ५ मा तात्कालीन राष्ट्रपति ह्यूगो चाभेजको क्यान्सरका कारण निधन भएपछि माडुरो कार्यवाहक राष्ट्रपति बनेका थिए । गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा पनि क्याप्रिल्स् झिनो मतले चाभेजसँग पराजित हुनुभएको थियो ।
तेस्रो कार्यकालका लागि निर्वाचित भएपनि शपथ नै लिन नपाई क्यान्सरको उपचारका क्रममै चाभेजको निधन भएको थियो ।
Agencies