गोखुंगा – ७ मा खुल्ला दिसामुक्त क्षेत्र घोषणा

– प्रेमनारायण आचार्य



गोखुंगा, अर्घाखाँची । अर्घाखाँचीको गोखुंगा गाविसको वाड न.७ खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएको छ । खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएको खुसियालीमा स्थानीय बासिन्दाहरु पञ्चेबाजा बजाएर छमछमती नाचेका थिए ।

 



गोखंगाको वाड न. ७ पसलेंगमा एक कार्यक्रमको आयोजना गरि ७ नम्बर वाडलाइ खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो । 



अर्घाखाँचीलाइ सन २०१४ भित्र खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रम अनुसार खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएको हो ।

 



कार्यक्रममा गोखुंगा गाविसका उपस्वास्थय चौकीका इन्चार्ज भबिस्वर खनाल, खुल्ला दिसामुक्त अभियान तथा सरसफाइ प्रबद्र्धन कार्यक्रमका प्रेमनारायण आचार्य, सिसेक प्रतिनिध मञ्जु आचार्य, स्थानीय राजनितिक दलका नेताहरु बिष्णु पौडेल, गोकणृ भुसाल लगायतले आफनो वाडलाइ सरसफाइको क्षेत्रमा एक स्टेप फड्को मारेकोमा सथानीय बासिन्दालाइ धन्यबाद दिएका थिए । कार्यक्रममा उपस्थित भएका वाड न. ७ पसलेंग बासीहरु खुसीले गदगद भएका थिए ।



बाजागाजा र गाविसका अधिकांश महिला समूहहरु उत्साहजक रुपमा नाराजुलुशका साथ कार्यक्रममा उपस्थित भएका थिए ।

 



कार्यक्रममा उपस्थित बालक देखि बृद्धा सम्म सबैले अब सधै चर्पीमा मात्र दिसा पिसाव गर्ने, चर्पी सधै सफा राख्ने, बाहिर कहिल्यै फोहोर नगर्ने, सधै साबुनपानी मात्र हातधुने लगायतका सामूहिक प्रतिवद्धता व्यक्त गरेका थिए ।

 



कार्यक्रम वाड स्तरिय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष गिरीराज पौडेलको अध्यक्षता, र कुलराज खनालको अध्यक्षतामा सम्पन्न भएको हो ।  






Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





अन्य समाचारहरु