सर्वोच्चद्धारा लण्डनस्थित नेपाली दूतावास नबेच्न सरकारको नाममा अन्तरिम आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले लण्डनस्थित नेपाली दूतावास नबेच्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।
कायम मुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माको एकल ईजलासले दूतावास बेच्ने सरकारी निर्णय कार्यान्वयन नर्गन आदेश जारी गरेको हो । 
अदालतले दुवै पक्षलाई लिखित जवाफसहित उपस्थित हुन पनि आदेश दिएको छ । 
भूतपूर्व व्रिटिस सैनिक संघ गेसोले बेलायतस्थित नेपाली दूतावास ऐतिहासिक भएको भन्दै उक्त दूतावास भवन बेच्ने सरकारी विरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता गरेको थियो ।
RSS