काठमाडौं । नेपाल आयल निगमका कर्मचारीहरुले नेपाल सरकारको जमानीमा आयल निगममाथि रहेको साँढे २८ अर्ब रुपैयाँ ऋण भार मिनाहा गर्न सरकारसँग माग गरेका छन् । सोमबार नवनिर्वाचित आयल निगम कर्मचारी संघका पदाधिकारीको पदभार ग्रहणका क्रममा कर्मचारीहरुले सरकारको जमानीमा विभिन्न वित्तिय संस्थाहरुबाट लिएको २८ अर्ब ५१ करोड रुपैंया ऋण भार मिनाहा गर्न माग गरेको हुन् ।
उक्त ऋणमार्फत मासिक १८ करोड ७६ लाख रुपैंया ब्याज बेहोर्नुपरेको र उपभोक्तामा प्रतिलिटर १ रुपैंया ८० पैसा बढी मूल्य तीर्ने अवस्था रहेको भन्दै कर्मचारीले सो माग गरेका हुन् ।
राज्यले पेट्रोलियम सम्बन्धि स्पष्ट नीति ल्याउन र नीति नियम ल्याउँदा विगतमा भएका अध्ययन अनुसन्धानलाई पनि समावेश गर्न कर्मचारीले सरकारसँग माग गरेका छन् ।
अन्तर्राष्ट्रिय बजार मूल्य अनुरुप पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने र कम्तिमा पनि १ सय दिनका लागि पेट्रोलियम भण्डारणको क्षमता विस्तार गर्न पनि माग गरिएको छ ।
निगमका निमित्त कार्यकारी प्रमुख सुरेश कुमार अग्रवालले पेट्रोलिमय पदार्थको सहज आपूर्तिका लागि सरकारले ५ अर्ब रुपैयाँ उपलब्ध गराउनुपर्ने बताउनु बताए । कर्मचारीको सातौ महाधिवेशनले देविप्रसाद न्यौपानेको अध्यक्षतामा सत्र सदस्यीय कार्यसमिति चयन गरेको छ ।
rss