बाँगी, अर्घाखाँची – बाँगी गाविसबाट विभिन्न पेशा व्यावसाय, रोजगार गर्नेहरु बीच वनभोज तथा नयाँ वर्ष २०७० सालको सुभकामना आदानप्रदान कार्याक्रम सम्पन्न भएको छ ।
शान्ति उमावि भुतपुर्व विद्यार्थी समाजले आयोजना गरेका कार्यक्रममा एक सय जनाभन्दा बढी सहभागी थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले बाँगी गाविसबाट सन्धिखर्क आएर बसेर विभिन्न काम गर्नेलाई अप्ठयारो परेमा सहयोग गर्ने, बाँगी गाविसलाई नमुना गाविसको रुपम विकास गर्ने र गाउँको विकास निर्माण गर्नमा राजनीति क्षेत्रमा आफु जुन ठाउँमा भएपनि एक भएर लाग्ने प्रतिबद्धता जनाएका छन ।
कार्यक्रममा चन्द्र बहादुर खडका, नरेन्द्र कुमार क्षेत्री, गोविन्द केसी, राम बहादुर चौहान,कृष्ण केसी, मान बहादुर पाण्डे, लगायतले गाविसको विकासका लागि एकजुट हुनुपर्ने बताएका थिए । माधव पंथीको अध्यक्षता गणेश खनालको स्वागत र प्रेमचन्द्र विक र लक्ष्मण थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।
स्मरण रहोस बाँगी गाविसले जिल्लाको राजनीति क्षेत्रमा पार्टी प्रमुख देखी प्रभावशाली नेताहरु छन भने देशका ठुला विगहाउस देखी स्थानीय मिडियासम्म बाँगीका पत्रकारको बाहुल्यता छ । हरेक क्षेत्रबाट बाँगीले जिल्लामा लिड गरेर जिल्लाको विकास निर्माण खटिनुपर्ने सहभागीको आव्हान छ ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।