– नसर्ने रोगका करिब २० देखि २५ प्रकारका औषधि निः शुल्क रुपमा वितरण हुनेछन् । मन्त्रालयले २५ शैय्यासम्मका अस्पतालहरुमा ४० प्रकार र प्राथमिक स्वास्थ्य केन्द्रमा ३५ प्रकारका औषधिहरु निःशुल्क रुपमा वितरण गरिरहेको छ ।
काठमाडौं । तपाईमा रक्तचाप छ तर त्यस विरुद्धको औषधि किन्न पैसा छैन भने चिन्ता नगर्नुहोस् ! स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब नसर्ने रोगहरु मृगौला, मुटु, रक्तचाप, मानसिक जस्ता रोगहरुको औषधि पनि निःशुल्क रुपमा वितरण गर्ने तयारी गरिरहेको छ ।
यसका लागि मन्त्रालयले आन्तरिक तयारी पूरा गरी आवश्यक बजेटका लागि अर्थ मन्त्रालयसँग पत्राचार गरेको छ । अर्थमन्त्रालयको स्वीकृतिपछि मन्त्रालयले निःशुल्क वितरण गरिने ती रोगका औषधिको वितरणसम्बन्धी नयाँ कार्यविधि मन्त्रिपरिषद्समक्ष प्रस्तुत गर्ने छ । मन्त्रालयका उच्च स्रोतका अनुसार नयाँ आर्थिक वर्षदेखि औषधि वितरणको कार्यसुरु गर्न आन्तरिक तयारी भइरहेको छ ।
मन्त्रालयअन्तर्गतको प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखाका प्रमुख प्राडा आनन्दकुमार श्रेष्ठले भन्नुभयो,