पाकिस्तान र ईरानको सीमालाई शक्तिशाली भूकम्प, कयौको मृत्‍यु ,उत्तरी भारतमा पनि झड्का महशुस

 पाकिस्तान र ईरानको सीमालाई केन्द्रविन्दु बनाएर शक्तिशाली भूकम्प गएको छ । 
७ दशमलव ८ रेक्टर स्केल मापन गरिएको भूकम्पको  केन्द्रविन्दु दक्षिणी ईरानको खास शहरबाट ८६ किलोमिटरको दुरीमा भएको  छ । भूकम्पमापरी ईरानमा ४० जनाको मृत्यु भएको प्रारम्भिक रुपमा बताइएको छ ।
समाचारका अनुसार यो संख्या अझै बढ्ने अनुमान गरिएको भने धेरै मानिस हताहत भएको हुनसक्ने आशंका गरिएको छ । त्यस्तै भूकम्पले पाकिस्तानमा पनि ठूलो जनधनको क्षति भएको हुनसक्ने अनुमान गरिएको छ । भूकम्प नेपाली समय अनुसार अपरान्ह ४ बजेर ३५ मिनेटमा गएको  छ । 
भूकम्पको तीब्र झड्का उत्तरी भारतमा पनि महशुस भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । तथापी भूकम्पको विषयमा विस्तुत विवरण भने प्राप्त भईसकेको छैन ।
Agencies