पूर्वमन्त्री जेपी गुप्ताले आयोग गठन नगरी चुनावको मिति तोक्न नमिल्ने भनी दायर गरेको रिटको सुनुवाई गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो ।
गुप्ताले पछिल्लो जनगणना अनुसार निर्वाचन क्षेत्र निर्धारण गरेरमात्र चुनावको मिति तोक्न मिल्ने भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
आजै निर्वाचन आयोगका पदाधिकारीमा गरिएको नियुक्ति वदर गर्ने माग राखेर परेको रिटमा सर्वोच्च अदालतले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको छ ।
पुरानै आयुक्तहरुलाई फेरि आयोगमा नियुक्त गरेको भन्दै नियुक्ति बदर गर्न माग राखेर परेको रिटमा सर्वोच्चले आज कारण देखाऊ आदेश जारी गरेको हो ।
न्यायाधीश गिरिशचन्द्र लालकै एकल इजलाशले पुरानै आयुक्तहरुलाई फेरि नियुक्त गर्नुको कारण पेश गर्न सरकारको नाममा आदेश जारी गरेको हो ।
प्रविण कुमार र हरेराम शाहले निर्वाचन आयोगमा पुरानै आयुक्तहरुलाई नियुक्त गरिनु संविधान विपरित भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
रासस